चुनाव: उत्सव कि उत्तरदायित्व ?
🗳️ चुनाव: उत्सव कि उत्तरदायित्व ? हामी चुनावलाई पर्वजस्तै मनाउँछौं। लाइन लागेर भोट हाल्छौं, औंलाको मसी देखाएर गर्व गर्छौं। तर के लोकतन्त्र केवल त्यही एक दिनमा सीमित छ? मतदान लोकतन्त्रको अन्तिम लक्ष्य होइन । यो त सुरुवात मात्र हो। यदि नागरिकको भूमिका मतपेटिकासम्म सीमित हुन्छ भने, त्यो पूर्ण लोकतन्त्र होइन, त्यो अधुरो अभ्यास हो। 🗳️ “मतदान” शब्दभित्र लुकेको मनोविज्ञान “मतदान” शब्दलाई छुट्याएर हेर्दा मत + दान। हाम्रो नेपाली संस्कृतिमा “दान” को अर्थ के हो? गरिब–दुःखीलाई दिइने सहयोग मन्दिरमा श्रद्धापूर्वक अर्पण सुदामाको कथाजस्तै निःस्वार्थ समर्पण फिर्ताको अपेक्षा नगरी दिइने वस्तु दान दिइसकेपछि त्यसको हिसाब मागिँदैन। दान फिर्ता लिन खोजिँदैन। त्यसैले प्रश्न उठ्छ : के लोकतन्त्रमा “मत” पनि त्यस्तै दान हो? के हामी आफ्नो मत एक दिन अर्पण गरेर पाँच वर्ष मौन बस्न बाध्य छौं? 🏛️ लोकतन्त्र कि भीडतन्त्र? Plato ले लोकतन्त्रप्रति सधैं आशावादी दृष्टिकोण राखेनन्। उनको चिन्ता थियो । भीडको भावनाले अयोग्य नेतृत्व चयन गर्न सक्छ। आजको सन्दर्भमा हेर्दा, के हाम्रो म...